चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ।
सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएको सडक सोमबार साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो।
आइतबार साँझदेखिको लगातारको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो।
पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।