न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमानदार रहने बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले समाचार संस्था एबीसीसँगको अन्तर्वार्तामा भने,‘प्रष्ट भन्नुपर्दा मेरी पत्नी, छोराछोरी र देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहने छ।’
कोहेनको भनाइसँगै कतै उनीसँग राष्ट्रपतिको विपक्षमा बलियो तथ्य त छैन भन्ने अनुमानहरू फैलिएका छन्। उनको विगतमा राष्ट्रपतिविरुद्ध ‘कडा आधार’ रहेको भन्ने घोषणा निकै विवादास्पद मानिएको अभिव्यक्ति हो।
अमेरिकी संघीय गुप्तचर निकाय (एफबिआई) ले गत अप्रिलमा कोहेनको घर तथा कार्यालयमा विशेष सल्लाहाकार रवर्ट मुलरको निर्देशनमा खानतलासी गरेको थियो। मुलरले सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिने गरेको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्। अनुसन्धानले ट्रम्पको निर्वाचन अभियानमा मस्कोको संगग्नता रहेको भन्ने विषयमा आएका सूचनामाथि छानविन गरिरहेको छ।
कोहेनको घर तथा कार्यालयमा भएको खानतलासीपछि सञ्चार माध्यममार्फत आएको विस्तृत कुराकानीमा पनि उनले ट्रम्पको प्रसंशा गरेका थिएनन्। बरु असन्तुष्टिका शब्दहरू खर्चिँदै आफूमाथिको अनुसन्धानप्रति कुराकानीलाई केन्द्रित गरेका थिए।
सन् २००७ मा ट्रम्पको निजी वकिल बनेका कोहेनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई निर्वाचनपूर्व १ लाख ३० हजार अमेरिकी डलर दिइ सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाइ बाहिर आएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।