काठमाडौं - २०१८ फिफा विश्वकपमा बेल्जियमले मंगलबार विहान सकिएको खेलमा जापानमाथि ३-२ को रोमाञ्चक जित हात पारेर अन्तिम ८ मा स्थान बनाएको छ।
बेल्जियमले २-० ले पछि परेको स्थिति उल्टाउदै ३ गोल गरेको थियो। ४८ मिनेटमा हारागुचीले र ५२ मिनेटमा इनुइले दोस्रो गोल गरेपछि जापान २-० गोलले अघि बढ्यो।
त्यसपछि खेलमा फर्किएको बेल्जियमका भर्टोघेनले ६९ मिनेटमा पहिलो गोल गरे। ७४ मिनेटमा फेमेनीले अर्को गोल गर्दा खेल २-२ को बराबरीमा आयो। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा चाडलीले अर्को गोल गरेपछि बेल्जियमले ३-२ को सनसनीपूर्ण जित हात पार्यो।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।