काठमाडौं- पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियम २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफानइलमा प्रतिस्पर्धा गर्ने भएका छन्। दुवै टिमले अन्तिम १६ मा आ-आफ्नो खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।
ब्राजिलले मेक्सिकोलाई २-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। ब्राजिलको जितमा नेइमार र फिर्मिनोले गोल गरेका थिए।
बेल्जियमले एसियन टिम जापानलाई ३-२ गोलले पराजित गर्दै अन्तिम ८ मा ब्राजिलसँगको भेट पक्का गरेको हो। २ गोलले पछि परेपनि बेल्जियमले जापानमाथि नाटकीय रुपमा जित हात पारेको थियो।
ब्राजिल र बेल्जियमबीच आगामी असार २२ गते शुक्रबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।