काठमाडौं - २०१८ फिफा विश्वकपमा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बेल्जियमले मंगलबार विहान सकिएको खेलमा जापानमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो।
बेल्जियमले २-० ले पछि परेको स्थिति उल्टाउदै ३ गोल गरेको थियो।
जापानका लागि ४८ मिनेटमा हारागुचीले गोल गर्दै अग्रता दिलाए। ५२ मिनेटमा इनुइले दोस्रो गोल गरेपछि जापान २-० गोलले अघि बढ्यो।
त्यसपछि खेलमा फर्किएको बेल्जियमका भर्टोघेनले ६९ मिनेटमा पहिलो गोल गरे।
७४ मिनेटमा फेमेनीले अर्को गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा चाडलीले अर्को गोल गरेपछि बेल्जियमले ३-२ को सनसनीपूर्ण जित हात पार्यो। अन्तिम मिनेटमा सुन्दर काउन्टर आक्रमणमा गोल गर्दै बेल्जियमले नाटकीय जित हात पार्न सफल भएको हो। गोलकिपरले उपलब्ध गराएको बलमा बेल्जियम खेलाडीले तीव्र गतिमा बल अघि बढाएको दृष्य लोभलाग्दो थियो।
खेल विवरण :






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।