काठमाडौं– पाँच पटकको विश्वविजेता ब्राजिल मेक्सिकोलाई २-० गोलले पराजित गर्दै २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। विलियमले मिहिनेत गरेर उपलब्ध गराएको 'लो क्रस' मा नेइमारले गोल लाइन नजिकबाट 'टच' गरेर गोलपोस्टको दिशा दिएका थिए।
ब्राजिलका लागि ८८ मिनेटमा रोबर्टो फिर्मिनोले दोस्रो गोल गरे। नेइमारले उपलब्ध गराएको क्रसमा सब्सिच्युट खेलाडी फिर्मिनोले डिबक्स भित्रबाट गोल गरेका हुन्।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।