काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा मेक्सिको विरुद्ध २ गोल गरेसँगै ब्राजिल विश्वकपमा सर्वाधिक गोल गर्ने टिम बनेको छ। मेक्सिकोलाई हराएर अन्तिम ८ मा स्थान पक्का गरेको ब्राजिलले जर्मनीको नाममा रहेको सर्वाधिक गोल गर्ने रेकर्ड तोडेको हो।
विश्वकपका सवै संस्करणमा भाग लिने एक्लो टिम ब्राजिलका नेइमारले खेलको ५१ मिनेटमा गोल गर्दा जर्मनीको रेकर्ड भंग भएको हो। नेइमारको गोल विश्वकपमा ब्राजिलका लागि २ सय २७ औं गोल हो। जर्मनीले विश्वकपमा २ सय २६ गोल गरेको छ। खेल सकिन २ मिनेट बाँकी छदा फिर्मिनोले गोल गरेसँगै ब्राजिलले विश्वकपमा गोल संख्या २ सय २८ पुर्यायो। पाँच पटको विश्वविजेता ब्राजिलले जारी विश्वकपमा ७ गोल गरिसकेको छ।
यता विश्वकपमा बढी गोल गर्ने टिमको तेस्रो स्थानमा अर्जेन्टिना छ। अर्जेन्टिनाले १ सय ३७ गोल गरेको छ। चौथो स्थानको इटालीले १ सय २८ गोल गरेको छ भने पाँचौ स्थानको फ्रान्सले १ सय १३ गोल गरेको छ। यस्तै स्पेनको गोल संख्या ९९ सय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।