काठमाडौं– आइतबारदेखि देशका विभिन्न भागमा बाढी-पहिरो तथा डुबान समस्याबाट सर्वसाधारण समस्यामा छन्। क्षति हुन नदिन पूर्वतयारी गर्ने तथा उद्धारको नेतृत्व गर्ने जिम्मेवारी पाएका गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा भने नेतृत्वविहीन छ।
महाशाखाका प्रमुख सहसचिव केदार न्यौपाने विदेश भ्रमणमा छन्। उनी विपद् सम्बन्धी गोष्ठीमा भाग लिन आइतबार मंगोलिया गएका हुन्। गृहसचिव प्रेम राईसहित उनी मंगोलिया गएका हुन्।
विपद् व्यवस्थापन महाशाखाकै प्रमुख नहुँदा जिल्लाहरुमा समन्वयमा समस्या भएको गृह मन्त्रालयका एक अधिकारीले बताए।
‘यस्तो अवस्था महाशाखा प्रमुख विदेश भ्रमणमा जानु गलत हो’, गृहका एक अधिकारी भन्छन्, ‘अरुलाई त्यसबारे विस्तृत अनुभव नहुने भएकाले समन्वयमा समस्या भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।