काठमाडौं– अटोमोबाइल ग्रुप स्टेलेन्टिसले जिप ब्रान्डको पहिलो ‘ब्याट्र–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो।
अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिने बताइएको छ।
त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीको भनाइ छ। यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुने दाबी कम्पनीको छ।
मंगलबार सार्वजनिक गरिएको पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ। फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ।
जिपको इभिलाई सिईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन्। उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली विक्रीको शतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए। सन् २०२५सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याइसक्ने बताएको छ। 
जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ वटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभि विक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।