काठमाडौं- एक्सन लभस्टोरी जनरामा निर्माण गरिएको फिल्म ‘जय शम्भु’ को टिजर सार्वजनिक भएको छ।
प्रशान्त ताम्राकार, अनुुपविक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको टिजरमा अनुप र प्रशान्तको एक्सन दृश्यहरु देख्न सकिन्छ। जहाँ अभिनेत्री वर्षाको प्रेम पाउन दुवैकाे द्वन्द्व देखाइएको छ।
रूपेश तामाङले निर्देशन गरेको फिल्म भदौ १ गतेबाट प्रदर्शनमा आउनेछ।
काठमाडौं र अन्नपूर्ण बेसक्याम्प लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई हरि घले लामाले खिचेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ भने प्रदीप कँडेल र अर्जुन पोखरेलले संगीत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।