काठमाडौं – नेपाली फिल्म बजारमा पछिल्लो समयमा फिल्म वितरणमा नयाँ नयाँ कम्पनीहरुको आगमन बढ्दो छ। संख्यात्मक रुपमा बढीरहेका वितरण कम्पनीहरुले काम भने गुणात्मक गर्न सकिरहेका छैनन। यसैको उपज मान्नु पर्दछ पछिल्लो समय फिल्म सञ्जु प्रर्दशनमा देखिएको समस्या।
यसैबिच सोमबार बाट एक नयाँ वितरण कम्पनी सञ्चालनमा आएको छ। पुरना ३ डिस्ट्रीब्युसन कम्पनी तथा फिल्महलहरु गुण सिनेमा ,अष्टनारायण तथा गंगाहलका संचालकहरु मिलेर नयाँ वितरण कम्पनि संचालनमा ल्याएका हुन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनका साथ जि.जि.ए. ग्रुप प्राईभेट लिमिटेड नामबाट उक्त कम्पनिको औपचारिक सुरुवात भएको छ। कम्पनीले पोष्ट प्रोडक्सनमा रहेको फिल्म जय भोले बाट वितरणको काम थालनी गर्ने छ। त्यसका लागि नायाँ कम्पनी र फिल्म जय भोलेका निर्माता अशोक शर्मा विच सोमबारनै वितरणका लागि औपचारिक सम्झौता समेत भएको छ।
नयाँ खुलेको वितरण कम्पनीका तर्फ बाट मदनमान बज्रचार्यले हलले जतिसुकै समयमा पैसा दिए पनि निर्मातालाई वितरण कम्पनीलनै फिल्म उत्रेको दुई हप्ता भित्र रकम भुक्तानी गराउने जानकारी गराए।
कार्यक्रममा बोल्दै सभाषद तथा चलचित्रकर्मी रामबिर मानन्धरले सञ्चालनमा आउन लागेको बक्स अफिसका सम्बन्धमा कुरा गर्दै, हिसाब किताब पारदर्शी बनाउन बक्स अफिस मात्र काफी नहुने बताए ।
उनले भने, ‘निर्माता, हल संचालक र वितरक आफैमा पनि हिसाबमा सफा हुनु पर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।