• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको कामप्रति सत्ता पक्षकै सांसदको प्रश्न

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०७५  ११:४२
1140x725

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरुले नै सरकारको कामप्रति प्रश्न उठाएका छन्। 

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा बोल्दै सत्तारुढ सांसदहरुले प्रचारमा एउटा र वास्तविकतामा अर्कै काम भएको भन्दै सरकारको कामप्रति प्रश्न उठाएका हुन्। 

नेकपाका सांसद सुमनराज प्याकुरेलले विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द भइसकेको भनेर सरकारले प्रचार गरे पनि हालसम्म चालू रहेकोप्रति राष्ट्रियसभाका अध्यक्षको ध्यानाकर्षण गराए। 

‘सरकारले ठूलो स्वरमा यसअघि नै भारतीय दूतावासको फिल्ड अफिस बन्द भएको बताएको थियो। तर, उक्त कार्यालय अझै पनि सञ्चालनमा रहेको देखिन्छ’, उनले भने। सरकार हटिसक्यो भन्ने तथा भारतीय पक्ष बाढी–पहिरोको अवस्था र रेलको काम हेर्न फिल्ड अफिस कायम रहने भन्दै आएको प्रसंग जोड्दै सांसद प्याकुरेलले यथार्थ कुरा प्रस्ट पार्न आग्रह गरे।  

नेकपाका अर्का सांसद रामनारायण विडारीले मन्त्री समयमा काम नगरी उद्घाटनमा व्यस्त हुने तर त्यसको दोष सांसदहरुले लिनुपर्ने अवस्था स्वीकार्य नहुने भन्दै सरकारको आलोचना गरे। 
नियम निलम्बन गर्दै विधेयक पारित गर्न सरकारले अध्यादेश ल्याएकोप्रति आक्रोशित हुँदै विडारीले मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न गरे। 

‘विधेयकहरु पारित गर्न नियम निलम्बन किन गरियो? कुन समयमा यो विधिबाट पारित गरिन्छ?’, विडारीले भने, ‘मन्त्रीले समयमा काम नगरेका कारण आपतकालीन र अत्यावश्कीय बेलामा गर्नुपर्ने यस्ता काम किन अहिले गरिँदै छ?’ 

मन्त्रीको लापरवाहीका कारण हुने यस्ता काममा सांसद दोषी हुन नसक्ने भन्दै सांसद विडारीले यस्तो गर्न नहुने बताए। 

‘मन्त्रीले विधेयक ढिलो ल्याउने, त्यसको जिम्मा हामीले लिनुपर्ने?’, विडारीले भने, ‘उद्घाटन गर्ने कार्यमा मन्त्रीलाई फुर्सद छैन भने अलग्गै उद्घाटन मन्त्री बनाऔं, त्यसका कारण सांसदलाई बदनाम गर्न पाइँदैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले सदनमा बोलेका कुरामा सरकारको ध्यानाकर्षण गराउन अध्यक्षसँग माग समेत गरे।  

रेल ऋणमा होइन, अनुदानमा 

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालमा रेल ल्याउँदा ऋणमा ल्याउन नहुने बताएका छन्। 

उनले रेल कनेक्टिभिटीको कुरा चाहिने तर त्यसमा प्रचार भए अनुसार काम नभएको आरोप लगाए। सांसद देवले रेल निर्माणमा आर्थिक, सुरक्षा र भौगोलिक जटिलता मुख्य विषय भएकाले त्यसमा सबै राजनीतिक दलहरुबीच एकमत हुनुपर्नेमा जोड दिए। 

‘मेरो व्यक्तिगत बुझाइमा हाम्रो जस्तो सानो देशले रेल जस्तो पूर्वाधार ऋणमा बनाउनुहुँदैन’, देवले भने, ‘यस्ता योजना अनुदानमा बनाउनुपर्छ।’  

रेशम चौधरीलाई प्रमाणपत्र नदिनु लोकतन्त्रकै अपमान 

राजपाका सांसद बृषेशचन्द्र लालले कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका राजपाका सांसद रेशमलाल चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिन माग गरे। अदालतको आदेशले थुनामा भए पनि चौधरीले निर्वाचन जितेको कुरा सरकारले स्वीकार नगरेको उनले टिप्पणी गरे। 

‘जितेको स्वीकार गर्ने हो भने उनको कानुनसम्मत वारेसलाई किन दिइएन?’ लालले भने, ‘जेलमा भए पनि उसले आफू सम्बन्धित कागज पाउने हक हुन्छ, यो लोकतन्त्रको अपमान हो।’ 

बाढी-पहिरो नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण 

सांसद रामनारायण विडारीले वर्षा लागेसँगै देशका विभिन्न स्थानमा बाढी–पहिरो जस्ता प्रकोप बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘भारतले सीमामा बाँध बनाएर नदी छेकेकाले समस्या भएको छ’ विडारीले भने, ‘बाढीपीडितहरुलाई दीर्घकालीन, अल्पकालीन र आपतकालीन काम गरेर राहत दिनुपर्‍यो।’ 

अर्का सांसद प्याकुरेलले भने, ‘तराई क्षेत्रमा वर्षाको बेला डुबान हुन्छ, तर यसबारे सरकारको तयारी केही देखिँदैन।’

उनले सम्बन्धित मन्त्रीबाट यस सम्बन्धमा तयारीको विषयमा जानकारी समेत माग गरे।

प्रकाशित मिति: सोमबार, असार १८, २०७५  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्