काठमाडौं– काठमाडौंको शेषमती खोलामा सोमबार दिउँसो बेपत्ता भएका युवक मृत भेटिएका छन्। काभ्रे घर भई तारकेश्वर बस्ने २४ वर्षिय प्रकाश फुर्काेटीको खोलाले बगाउँदा मृत्यु भएको हो।
महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार उनलाई जरंखु पुलबाट उद्धार गरी अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भएको हो।
धर्मस्थली नजिकै खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो।
दाजुभाईसँगै खोला तर्ने क्रममा प्रकाशलाई बाढीले बगाएको हो। आइतबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएको थियो। अन्य दिन खोला सजिलै तर्न सकिने हुनेमा सोमबार पनि त्यही ठानेर खोला तर्न खोज्दा एक फुर्काैटी बगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।