काठमाडौं– नेपाल आइडल सेकेन्ड रनरअप गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘लेखेँ एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा आमोङ तामाङको संगीत संयोजन गरेका छन्।
म्युजिक भिडियोमा दुई बाल्यकालीन प्रेम जोडीको यौवनकालको प्रेम देखाइएको छ।
केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंह तथा बाल कलाकार विराज ढकाल र आस्मा परियारको अभिनय छ।
बुद्ध थापाले छायांकन गरेको भिडियो निशान घिमिरेको सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।