वासिङ्टन- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई बधाई दिएका छन्।
एन्ड्रेस हालै भएको निर्वाचनमा बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। ट्वीटमार्फत बधाई दिँदै ट्रम्पले अमेरिकाले आगामी दिनमा उनीसँग मिलेर काम गर्ने बताएका छन्नु।
उक्त बधाई सन्देशमा भनिएको छ, 'अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ।'
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उनको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाएका थिए। त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिको तर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गरेका थिए।
दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए। यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।