धनगढी- अविरल वर्षाका कारण कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराति घर भत्किएर गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए। घरमै सुतिरहेका बेला घर भत्किँदा च्यापिएर उनको मृत्यु भएको हो। घरले च्यापेर मृतक रानाकी श्रीमान् ६५ वर्षीय कडेवा राना घाइते भएका छन्।
कैलाली लगायत ७ नम्बर प्रदेशका सबै स्थानहरुमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।