काठमाडौं– सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन मन्त्रीहरुको विशेष ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम १५ उपनियम २ अनुसार सरकारबाट जवाफ दिन सभामुखले आग्रह गरेका हुन्। नियमावलीमा संसदको विशेष र शून्य समयमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने उल्लेख छ। नियमावलीको उक्त नियम अनुसार सोमबारको बैठकमा उठेका प्रश्नमा जवाफ दिन सभामुख महराले निर्देशन दिएका हुन्।
आजको बैठकमा सांसदहरुले देशभर भइरहेको बाढीपहिरो लगायतका समस्या तथा गोविन्द केसीको अनसन र अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।