• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शिक्षामन्त्रीज्यू, चिकित्सा शिक्षा विधेयकको बचाउ गरिरहँदा यी प्रश्नको जवाफ दिनोस्

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०७५  ०५:४९
1140x725

नेपालमा आम रुपमा राजनीतिज्ञहरुको छवि त्यति राम्रो छैन। तर, सबै नेताको छवि बराबर धमिलो पनि छैन। हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेल सापेक्षतः उज्यालो छवि हुने सीमित राजनीतिज्ञमध्ये पर्छन्, अहिलेसम्म।

अहिले पोखरेलको अग्नि परीक्षा चलिरहेको छ। उनले बचाउ गर्नै नसकिने कुराहरुको बचाउ गरेको देख्दा लाग्छ, पोखरेलको राजनीतिक जीवनमा यो महत्वपूर्ण दोबाटो हो।

दुईमध्ये जटिल बाटोले उनको छविलाई अझ उचाइमा लानेछ भने तत्कालको सहज बाटोले चाहिँ बाँकी धेरै राजनीतिज्ञहरुझैं उनको छवि पनि अँध्यारो बनाउनेछ।

चिकित्सा शिक्षा ऐनबारे हाल चलिरहेको बहसमा पोखरेलको एउटा कुरामा जोडबलछ, 'चिकित्सा शिक्षा आयोगलाई शक्तिशाली बनाऔं र सबै कुरा त्यसैलाई छाडिदिऊँ। कसैको स्वार्थमा आँच आउने कुनै बुँदा पनि ऐनमा नराखौं।'

यो अडानले प्रश्न उठाउँछः आयोगको सट्टा विश्वविद्यालयहरु र काउन्सिल अहिले नै छन्, नयाँ ऐन नै किन चाहियो? नयाँ ऐन चाहिएकै अहिलेको संरचना र कानुनी व्यवस्थामा धेरै छिद्रहरु देखा परे, तिनमा खेलेर डाक्टरी पढाउने नभई डिग्री बेच्ने अभ्यास गहिरियो, गुणस्तर स्वाट्टै घटेर गयो भनेर होइन र? त्यस्ता कानुनी छिद्र टालेर भोलि अनियमितता रोक्नलाई यो ऐन चाहिएको होइन र?

अहिलेको व्यवस्थामा काडमाडौंमा झन्डै दर्जन मेडिकल र डेन्टल कलेज पुगिसक्दा सिंगो कर्णाली र ७ नम्बर प्रदेशमा एउटा पनि मेडिकल कलेज पुगेन, त्यसैले कानुनतः बाध्यता सिर्जना गरेर भए पनि मेडिकल शिक्षा र स्वास्थ्य सेवाको विकेन्द्रीकरण गरौं भनेर ऐन ल्याउन खोजिएको होइन र?

नत्र यतिका वर्षसम्म ती दूरदराजका प्रदेशमा सरकारी मेडिकल कलेज पुर्यागउने साम्यवादी दलहरुलाई केले रोकेको थियो? ७ वर्षअघि खुलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म किन एमबिबिएस त परै जाओस्, कुनै पनि स्नातक तहको कार्यक्रम छैन? जबकि सँगै सुरु भएका धेरै निजी मेडिकल कलेजले एमडी बढाउन थालिसकेका छन्?

हालसालै कर्णाली प्रतिष्ठानको सिनेट बैठकमा खादा पहिरिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँको सेवा निम्छरो भएको र यतिका वर्षसम्म एमबिबिएस कार्यक्रम सुरु नभएको कुरा किन बिझेन? प्रतिष्ठानका धेरैवटा विभागमा एक जना पनि विशेषज्ञ नभएको अवस्थाले किन पोलेन? सिंगो कर्णाली र ७ नम्बर प्रदेशमा शिक्षा र स्वास्थ्यको दयनीय अवस्थाप्रति किन ध्यानै गएन? 

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्षअघि गोरखाबाट उपचारका लागि हेलिकोप्टरमा काठमाडौं आउँदै गर्दा सुत्केरी आमा र नजवात शिशुलगायतको दुखद मृत्यु भएको थियो, यस्ता समाचारले किन शिक्षामन्त्री र प्रधानमन्त्री दुवैलाई छुँदैनन्?

भोलि आयोग बनेपछि सबै काम भइहाल्छ भन्ने सरकार एक वर्षभित्र जुम्लामा एमबिबिएस कार्यक्रम सुरु गर्छौं, त्यसका लागि जति जनशक्ति र बजेट चाहिन्छ, त्यो जुटाउन तयार छौं भन्न किन सक्दैन? (भवन अहिले त्यहाँ तयार भइसकेको छ।) नेताहरु उपचार गर्न थाइल्यान्ड, सिंगापुर जाने भएकाले राज्यको नजरमा जुम्ला कहिल्यै नपर्ने हो?

यदि इमानपूर्वक अहिले प्रस्तावित चिकित्सा शिक्षा ऐनको बचाउ गर्ने हो भने शिक्षामन्त्री पोखरेलले यी प्रश्नको जवाफ दिनैपर्छ। तर, उनले कतै पनि त्यस्तो जवाफ दिएका छैनन्। बरु अनशनरत डा गोविन्द केसीलाई नै 'पदमा बसेर काम गर्न' आग्रह गरेको भन्ने समाचार आइरहेका छन्। 

डा केसीलाई आयोग वा अरु कुनै पदको अफर गर्ने शिक्षामन्त्रीलाई अभियानको तर्फबाट हाम्रो पनि अफर छ, तपाईं डा केसीझैं पटक-पटक मेडिकल शिक्षामा सुधार र सुशासन, अख्तियारदेखि न्यायालयसम्मको भ्रष्टाचारका लागि सत्याग्रह गर्न आउनोस्, डा केसीले झैं आम मानिसको विश्वास जितेर नागरिकका रुपमा खबरदारी गर्न सक्षम बन्नुस्, हामी डा कसीलाई पदमा बस्न मनाउँछौं।

शिक्षामन्त्री पोखरेलको अहिलेको मुख्य तर्क छ, विज्ञहरुले बन्ने आयोगलाई सबै काम गर्न छाडिदिऊँ। त्यसो हो भने त, यो ऐनको आधारस्तम्भका रुपमा रहेको माथेमा कार्यदल अहिलेसम्म यस विषयका विज्ञहरुको सबैभन्दा महत्वपूर्ण टोली थियो। त्यसमा त्रिविका पूर्व उपकुलपति संयोजक हुनुहुन्थ्यो भने केयूका संस्थापक उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति, धरानस्थित विपी प्रतिष्ठानका पूर्वनिर्देशक, गंगालाल हृदयरोक केन्द्रका संस्थापक सदस्य हुनुहुन्थ्यो।

विज्ञहरुले दिएको त्यही प्रतिवेदनले नै काठमाडौंमा अस्पताल र मेडिकल कलेजहरुको चाप अत्यधिक भएकाले बिरामीको चाप कम भएर सिकाइ प्रभावकारी भएन, त्यसैले १० वर्ष यहाँ मेडिकल कलेज नखोलौं भनेर सुझाव दिएको हो। मेडिकल कलेजलाई सम्बन्धन मात्रै बाँडेर विश्वविद्यालयहरुले गुणस्तर कायम गर्न सकेनन् त्यसैले एउटा विश्वविद्यालयबाट ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरौं भन्ने सुझाव दिएको हो। अस्पताल खुलेर चलेको ३ वर्ष नभई मेडिकल कलेजको अनुमति नदिने त अझ पुरानो अभ्यास हो।

शिक्षामन्त्रीले अहिले जवाफ दिनै पर्ने प्रश्न छ, राज्यले नै तोकेका विज्ञहरुले सुझाएर टुंग्याएका यस्ता विषयमा अहिलेको सरकारले किन राजनीति गरिरहेको छ? कस्ता शर्त र पूर्वाधारले मेडिकल शिक्षाको गुणस्तर कायम हुन्छ भन्ने राजनीतिक दलका नेतालाई थाहा हुन्छ कि विज्ञलाई? विज्ञका कुरा काटेर अस्पताल बनिसक्दा नसक्दै एमबिबिएसको कार्यक्रम शुरु गर्न मिल्ने प्रावधान राख्ने, अनि विज्ञलाई नै निर्णय गर्न छोडिदिउँ भन्ने?

विज्ञहरुले पहिले महिनौंसम्म देशको आवश्यकता र विदेशको अनुभवसमेत अध्ययन गरेर दिएको प्रतिवेदन नमान्ने अनि अब कानुनमा सबै चोर बाटोहरु छाडेर पछि विज्ञले सबै निर्णय गर्छन् भन्नु हास्यास्पद कुरा भएन र मन्त्रीज्यू? 

त्यसैले कसैले पनि अहिले प्रस्तावित चिकित्सा शिक्षा विधेयकको बचाउ गरिरहँदा ‘म गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा छु’ भन्छ भने त्यो ढोंगभन्दा बढी केही हुँदैन। यो कुरा शिक्षामन्त्रीका लागि पनि लागू हुन्छ।

माननीय शिक्षा मन्त्रीलाई मेरो सुझाव छ, इमान साक्षी राखेर काम गर्न सकिन्छ भने अझै पनि एक कदम पछि फर्केर सही रुपमा ऐन ल्याउन प्रयास गर्नुहोस्। तत्काल जोखिमपूर्ण भए पनि दीर्घकालमा तपाईंको राजनीति र आम जनतालाई यसले फाइदा गर्नेछ।

होइन, सकिँदैन भने कमसे कम 'आममानिसको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार र देशमा शिक्षा र स्वास्थ्यको विकेन्द्रीकरणको पक्षमा छु' भनेर गलत कुरा नगर्नोस्। अहिले जसरी ऐन ल्याउन खोजिँदैछ, त्यस्तै आयो भने वर्षौंपछि पनि कर्णाली प्रतिष्ठानले स्टाफ नर्सको मात्रै पढाइ गरेर बस्नेछ। त्यहाँ ब्लड बैंक र अक्सिजन प्लान्टजस्ता आधारभूत कुरा पनि पुग्ने छैनन्। देशभरको दुर्गम क्षेत्रबाट मानिस घरखेत बेचेर उपचारका लागि हेलिकोप्टरमा काठमाडौं आउने अवस्था रहिरहनेछ। 

त्यो दूरदराजको दूरावस्थाले तपाईंहरुलाई त आखिर फरक के पर्छ र? यहाँहरुका लागि विश्वस्तरीय स्वासथ्य सेवा लिन थाइल्यान्ड, सिंगापुर वा टोकियो जाने बाटो बन्द हुनेछैन। न त्यसका लागि राज्यकोषबाट करोडौं निकाल्ने व्यवस्था नै परिवर्तन हुनेछ।

प्रकाशित मिति: सोमबार, असार १८, २०७५  ०५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
सम्बन्धित सामग्री
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
काठमाडौं– नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइ रहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटान ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान -GCRPPB_  र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्