काठमाडौं– निजी विद्यालय सञ्चालकहरुले विद्यालयलाई शान्ति क्षेत्र भएको महशुस हुनेगरी कार्यान्वयन गर्न माग गरेका छन्।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन)ले आइतबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शिक्षासँग असम्बन्धित माग राख्दै विद्द्यालय बन्द गर्न दबाव दिने कार्य बन्द गराउन सरकारले पहल गर्नुपर्ने बताएका छन्।
पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष डिके ढुङ्गानाले विद्यार्थी संगठनहरुले विभिन्न बहानामा विद्यालय बन्द गर्दै जाने र सरकारले सहयोग नगर्ने हो भने आफूहरुले सडकमा कक्षा सञ्चालन गर्ने चेतावनी दिए।
विद्यालय सञ्चालकहरुले विद्यालय क्षेत्र शान्ति क्षेत्र घोषणा भए पनि कार्यान्वयन नै हुन नसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।