काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न प्राविधिक पदमा बढुवा भएको छ। बढुवा भएकाहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार दज्र्यानी चिन्ह लगाइदिएका छन्।
प्राविधिक प्रहरी नायव महानिरीक्षक, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आइजिपी खनालले दज्र्यानी चिन्हद्वारा लगाइदिएका हुन्।
प्रहरी महानिरीक्षक खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका २ जना, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ४ जना, प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नती भएका ५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका १४ जना र प्राविधिक प्रहरी निरीक्षकमा पदोन्नती भएका ६ जना प्रहरी अधिकृतहरु समेत ३१ जना प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए।
प्रहरी कर्मचारीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उनको भनाई थियो।
नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले व्यावसायिक रुपमा निर्भिक, इमान्दार, कर्तव्यनिष्ठ भई खुसीसाथ काम गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।