काठमाडौं– यूरोपियन देश लगेर क्रुजमा जागिर लगाइदिने आश्वासनमा टर्की पुर्याएर अलपत्र बनाउने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन्। बीएस कन्सलटेन्सीका सञ्चालक विष्णु शिवाकोटीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पक्राउ गरेको हो।
उनले प्रति व्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ।
मासिक ७ सय ५० अमेरिकन डलर तलब हुने भन्दै उनीहरुलाई अवैध रुपमा टर्की लगिएको थियो।
सो प्रकरणमा सिआइबीले निरञ्जन भट्टराईलाई पहिले नै पक्राउ गरिसकेको छ। पक्राउ परेका दुवै जनालाई मानब बेचबिखन मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।