काठमाडौं– महानगरीय अपराध महाशाखा, टेकूमा कार्यरत प्रहरी नायव निरीक्षक(सइ) महेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा भर्ना भएको खुलेपछि आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहावाद, भारतबाट इन्टरमीडियट तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए। सो प्रमाणपत्र नक्कली भएको खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।