चितवन– श्रीमानलाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
माडी नगरपालिका–३ सिमरा बस्ने ४८ वर्षीया कुलमती चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
सामान्य झै–झगडामा चौधरीले ५५ वर्षीय श्रीमान गंगाराम चौधरीलाई कुटेर हत्या गरेकी हुन्। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।
कुलमतीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।