एजेन्सी– सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जु'मा रणवीर कपुरले गरेको अभिनयको यतिबेला चौतर्फी तारिफ भइरहेको छ। उनले अभिनय मार्फत सञ्जयको जीवनलाई न्याय गरेको चर्चा भइरहँदा उनकै बायोपिक बन्ने सम्भावनाबारे पनि कुरा चलिरहेको छ।
रणवीर के सोच्छन् बायोपिकबारे? उनी आफ्नो बायोपिक बनोस् भन्ने चाहन्छन्? यसै क्रममा उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नो जीवनबारे बायोपिक बनाउने अनुमति कसैलाई पनि नदिने बताएका छन्।
'मेरो जिन्दगी अल्छीलाग्दो छ। आजसम्म मैले त्यस्तो केही काम गरेको छैन, जुन बायोपिकका लागि सुहाउँदो होस्', उनले भनेका छन्।
आगामी दिनमा आफूमाथि बायोपिकको सम्भावना भने रहेकाे उनले स्विकारेका छन्।
'आउँदा दिनमा त्यस्तो कुनै मन छुने काम भयो भने बायोपिक बनाउने अनुमति पक्कै दिनेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।