काठमाडौं– नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ९ हजार ८१५ नमूनाको परीक्षण हुँदा आइतबार २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ६ हजार ५७२ जनाको पीसीआर र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
पीसीआर परीक्षणबाट २२९ जनामा र एन्टिजेन परीक्षणबाट ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार ३३८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।