काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) की सांसद पम्फा भुसालले सरकारले ललितपुरका लागि कम बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।
ललितपुर क्षेत्र नम्बर ३ की सांसद भुसालले बजेट छुट्याउने क्रममा विभेद भएको बताइन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले मन्त्रीहरुले आ–आफ्ना जिल्लामा मात्रै बजेटको पर्याप्त व्यवस्था गरेको आरोप लगाइन्।
यस्तै, नेतृ भुसालले निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङमतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन्।
उनले द्रुतमार्ग निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमास्न नेपाली सेना र पीडित स्थानीयबीच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेकी छिन्।
द्रुतमार्ग निर्माणको नाममा स्थानीयमाथि डोजर आतंक फैलाउने काम सरकारले गर्दै आएको भन्दै उनले आपत्ति समेत प्रकट गरिन्। उनले द्रुतमार्ग निर्माण क्षेत्रमा पुनर्वासको व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।