गुलरिया- सुनमा जथाभावी मिसावट गरी बिक्री-वितरण गरेको आरोपमा बर्दियामा १२ जना सुन पसल सञ्चालकलाई पक्राउ गरिएको छ।
सुनको नमूना गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरी बिक्री वितरण गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।
प्रशासन कार्यालयका अनुसार, पक्राउ परेका सञ्चालकहरुलाई कालो बजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
साथै प्रशासन कार्यालयले अनुचित व्यापारिक क्रियाकलाप, कालोबजारी, ठगी नियन्त्रण गरी नागरिकहरुको हित संरक्षण गर्न प्रत्येक साता बजार अनुगमन गर्ने समेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।