नयाँ दिल्ली (एजेन्सी)- सञ्जय दत्त अभिनीत नयाँ फिल्म फिल्म 'साहब बीवी और ग्याङस्टर ३' को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सञ्जय खलनायकको भूमिकामा देखिँदै छन्। उनी लामो समयपछि ग्याङस्टरको चरित्र निर्वाह गर्दै छन्।
ट्रेलरको अन्तिममा सञ्जय भन्छन्, 'जिन्दगीको मजा मैले निकै कम लिएको छु। अब फर्किएको छु, जिन्दगीभरको मजा लिनेछु।'
फिल्ममा 'साहब'को भूमिकामा जिम्मी शेरगिल सुहाएका छन् भने उनकी श्रीमती बनेकी माही गिल बोल्ड भूमिकामा देखिएकी छिन्। ट्रेलर एक्सन र प्रभावशाली डाइलगले भरपूर छ।
तिग्मांशु धुलियाले निर्देशन गरेको फिल्म २७ जुलाईमा प्रदर्शनमा आउनेछ। फिल्ममा सञ्जय दत्त, जिमी शेरगिल, माही गिलका साथै चित्रांगदा सिंह, कबीर बेदी, दीपक तिजोरी, नफीसा अली र जाकिर मुख्य भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।