वासिङ्टन- साउदी अरबले तेल उत्पादन वृद्धि गर्ने भएको छ।
तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
अमेरिकाले आगामी नोभेम्बरपछि इरान विरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको भन्दै ऊसँग तेलको कारोबार गरेर आर्थिक रूपमा सहज नपार्न साउदी अरबलाई आग्रह गरेको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, 'भर्खरै मैले साउदी राजा सलमानसँग कुरा गरेको छु। इरान र भेनेजुयलामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु। सम्भवत: साउदी अरबले प्रतिदिन २० लाख ब्यारेल उत्पादन गर्नेछ।' (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।