• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हतारको दैनिकी र तनाव : मानसिक समस्यालाई निम्तो

64x64
नेपाल लाइभ आइतबार, असार १७, २०७५  ००:३४
1140x725

अस्पतालको बैठक चलिरहेको थियो। यही क्रममा एक डाक्टर सा'बले मननीय कुरा उठाउनुभयो। उहाँले भन्नुभयो, ‘हामी नेपालीहरु अचम्मको व्यवहार विकास भइरहेको छ। हामी हतारको जिन्दगी जिइरहेका छौं। हामी अस्पतालमा जचाउन आउँछौं। समस्या जटिल हुँदा भर्ना हुन्छौं। भर्ना भयो, अपरेसन गराउन हतार। अपरेसन भयो, घर जानै हतार। हामी कुनै कार्यक्रममा जान्छाौं, घर फर्कन हतार। हामी कतै स्थिर भएर अडिन सक्दैनौं।’

डाक्टरसा'बको कुरा निकै घत पर्‍यो। साँच्चिकै यस्तै हतार र तनावपूर्ण जीवनशैली छ अचेल हाम्रो। हामी शारीरिक रुपमा तन्दुरुस्त त हुनैपर्‍यो। तर, के हामीले हाम्रो मानसिक स्वास्थ्यको बारेमा सोचेका छौं? मानसिक स्वास्थ्यप्रति हामी अझै सचेत छौं भन्ने कुरामा म विश्वस्त छैन। मानसिक स्वास्थ्य बिग्रनु वा मानसिक रोग लाग्नु भनेको बौलाउनु वा पागल हुनु हो भनेर बुझ्ने ठूलै जमात अझै हाम्रो 8मा। यो जमातमा पढेलेखेका, बुझ्ने र सम्पन्न  मानिसहरु पनि समाहित छन्।

के हामीले मानसिक स्वास्थ्य भन्ने कुरा बुझेको छौं? मानसिक स्वास्थ्य ठिक नहुनु भन्नु आलोचना गर्नेे विषय होइन। यो जसलाई पनि हुन सक्छ। यसको समाधानको थुप्रै उपायहरु छन्। हामीलाई सहयोग गर्न काउन्सिलर, पारामेडिक्स, साइक्याट्रिक नर्स, साइक्याट्रिस्ट आदि तयार छन्। तर, हामीले मद्दत लिन हिचकिचायौं भने धेरै ढिलो हुन गई ठूलो क्षति हुन जाने सम्भावना हुन्छ। किनकि मानसिक रोगबाट विभिन्न अनेक समस्याहरु उत्पन्न हुन सक्छन्।

कुनै बच्चा हाइपर एक्टिभ छ। कुनै केटाकेटी अत्यधिक रिसाउँछन् वा काल्पनिक कुरा बढी गर्छन्। कोही एक्लै बस्न बढी रुचाउँछन्। झोक्राएर बस्छन्। कुनै केटी मेन्सुरेसन सँगै आएको परिवर्तनसँग ग्रस्त छिन्। कोही श्रीमान् श्रीमतीसँग नजिकिन सक्दैनन्। कुनै कर्मचारी कार्यक्षेत्रमा बोल्न डराउँछन् वा आफ्नो बारेमा मात्र बोल्न रुचाउँछन्। कुनै व्यक्ति केही सामान वा कुनै एउटै क्रियाकलापमा अति एकोहोरो भई लाग्छन्। कोही ५० कटेका महिला मेनोपोजको हिट फ्लसबाट तड्पेकी छिन्। कोही वृद्ध एक्लोपनको सिकार छन्। यस्ता विभिन्न समस्या मानसिक स्वास्थ्यका विषय अन्तर्गत पर्छन्।

एडजस्टमेन्ट डिसअर्डर, प्रिनाटल डिप्रेशन, ब्रेकअप, किशोरावस्थाका समस्या, डिप्रेशन र कामको तनाव जस्ता सामान्य लाग्ने समस्याहको समयमै उपचार पाइएन भने असाधारण रुप लिन सक्ने अत्यधिक सम्भावना हुन्छ। मानसिक स्वास्थ्यका एक/दुई वटा होइन, धेरै समस्या हुन्छन्। जुन समयमै उपचार गर्न सकिएन भने भयावह रुप लिन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत बर्ष विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्यलाई ध्यानमा राखी ‘डिप्रेशन लेट्स टल्क' अभियान चलाएको थियो। एउटा कार्यक्षेत्रमा कर्मचारीले आफ्नो समस्या खुल्ला रुममा राख्ने ठाउँ हुनु आवश्यक छ। अहिले कामको तनावले पनि भयावह रुप लिरहेको पाइन्छ। कार्यक्षमता उच्च राख्न कर्मचारीको समस्या सुन्ने र समाधान खोज्ने वातावरण संस्थाले बनाउनुपर्छ। यसको लागि हरेक संघसंस्थामा कर्मचारीलाई परामर्श सेवाको लागि काउन्सिलरको आवश्यकता देखिन गएको पाइन्छ।

यही सन्दर्भमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु।

एक जना ख्यातिप्राप्त मानसिक रोग विशेषज्ञ समक्ष आएको एउटा ‘केस'को विवरण उहाँले बाँड्नुभएको थियो। एक जना ३० बर्ष जतिको सम्पन्न शिक्षित परिवारको युवा जो आँखा जुधाएर बोल्दैन, स्थिर रहँदैन, हरदम उसको अनुहारमा रिस देखिन्छ। पहिलोपटक मानसिक रोग विशेषज्ञ समक्ष आइपुग्दा विशेषज्ञ आफैं चकित पर्ने अवस्था भएको थियो। त्यो युवाको जीवनमा पटक–पटक उद्देश्य फेरिरहेको पाइयो। उसले दुईपटक डाक्टरी पढ्न गएर छोडेको, एक पटक म्यानेजमेन्टको पढाइ पनि पढ्न गएर छोडेको देखिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मोटामोटी ऊ १८/२० वर्षको उमेरदेखि नै मानसिक समस्याबाट ग्रस्त भएको देखिन्छ। उसलाई समयमै उपचारको लागि ल्याइएको भए आज ऊ सफल र स्वस्थ  भइसक्थ्यो। तर, यस्तो भएको १०/१२ बर्षपछि ल्याइयो। समस्या निकै बल्झिसकेपछि उसलाई विशेषज्ञकहाँ ल्याइएको छ। विशेषज्ञ डाक्टरलाई समस्या बल्झिसकेका कारण उपचार र निदान चुनौती देखियो। एउटा शिक्षित र बुझ्न सक्ने परिवारले पनि मानसिक समस्यालाई समयमै पहिचान गर्न नसक्दा त्यो कुनै किसिमको लत नभएको युवाको भविष्य अन्योलमा पुगेको छ, तर अझै पनि विशेषज्ञ डाक्टर आशावादी नै हुने सल्लाह दिइरहेका छन्।

मानसिक समस्याको समयमा पहिचान नहुँदा, 8ले के भन्ला भन्ने डर लगायतका कारण कति मानसिक रोगी अहिले पनि उपचारबाट वञ्चित छन्।

शारीरिक अवस्था ठिक नहुँदा वा बिरामी हुँदा बिरामीको राम्रोसँग हेरचाह गरिन्छ, आराम गर्न लगायन्छ, स्याहारसुसार गरिन्छ, समय-समयमा औषधि खुवाइन्छ, बेलाबेलामा उसको चाहना अनुसार खाना, सुप, जुस दिइन्छ। हो, यस्तैगरी हामीले मानसिक स्वास्थ्य ठिक नहुँदा पनि ध्यान पुर्‍याउनुपर्छ। यस्ता रोगीसँग कुरा गरौं, समस्या सुनौं, आलोचनात्मक भएर लाञ्छना नलगाऔं। यति बुझौं, औषधिको साथै हाम्रो बोली, व्यवहार, स्याहारसुसारले मानसिक रोगीलाई चाँडै निको हुन सहयोग पुर्‍याउँछ। हामी सबै जागरुक हुँदै मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर सहयोगको हात बढाऔं। कुनै पनि किसिमको मानसिक समस्याको शंका हुनासाथ विशेषज्ञको सल्लाह लिन  ढिलो नगरौँ ।

एक कदम अगाडि बढौं, मानसिक रोगलाई बुझौं र समस्या बाडौं।

प्रकाशित मिति: आइतबार, असार १७, २०७५  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्