काठमाडौ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र आन्दोलनरत विद्यार्थी संगठनबीच वार्ता भएको छ।
आज दिउँसो मन्त्री निवास हरिहरभवन ललितपुरमा भएको वार्तामा शिक्षामन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले जानकारी दिए।
मन्त्री पोखरेलले यही असार २० देखि २२ गतेसम्म विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक आमहड्ताल फिर्ता लिन आग्रह गरे।
छलफलमा उनले विद्यार्थी संगठनले शैक्षिक विकृति र चर्को शैक्षिक शुल्कको विषयमा उठाएका माग सकारात्मक भएकाले माग सम्बोधन गर्न आफू लाग्ने समेत बताए।
उनले विद्यार्थीका माग सम्बोधनका लागि शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई आइतबारदेखि नै गृहकार्य समेत गर्न निर्देशन दिएको क्रान्तिकारीका अध्यक्ष रायमाझीले जानकारीदिए।
मन्त्री पोखरेलसँगको छलफलमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल, 8वादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पेशल दाहालको सहभागिता रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।