काठमाडौं- पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ९ हजार ७५६ नमूना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने थप १हजार ६०० जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिले १८ हजार २५१ सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।