काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुुलुकलाई सम्वृद्ध बनाउन पर्यटन व्यवसायको विकास गर्नुपर्ने बताएका छन्।
संघीय पर्यटन मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसायिक विकास गर्न सके नेपाल गरिब मुलुक नरहने दावी गरे।
योजना, व्यवस्थापन र राजनीतिक चिन्तनको अभावका कारण मुलुकले विकास र सम्वृद्धिको बाटो लिन नसकेको भन्दै उनले कमिसन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले शासन सत्तामा एउटै वर्गको वर्चश्व भएका कारण मुलुक पछाडि धकेलिएको दावी गरे। उपप्रधानमन्त्री यादवले समानता, सामाजिक न्याय र विविधतामा एकतामा आधारित 8को निर्माण गर्न सक्ने हो भने नेपाल संसारकै नमूना देश बन्नसक्ने ठोकुवा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।