चितवन– चितवनको माडीमा आज दिउँसो श्रीमतीको पिर्का प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। माडी नगरपालिका–३ सिमराकी ४७ वर्षीया कुल्मती चौधरीले पिर्काले हिर्काएर आफ्नै श्रीमान ५५ वर्षीय गंगाराम चौधरीको हत्या गरेकी हुन्।
खेतमा भैँसी चराएर दिउँसो साढे १ बजे घरमा खाना खान आएको समयमा मादक पदार्थ सेवन गरेकी कुल्मतीले गंगारामलाइ टाउकोमा पिर्का प्रहार गरेकी थिइन्। पिर्का प्रहारबाट गम्भीर घाइते गंगारामको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उनको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ भने कुल्मतीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय माडीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।