चाङ्सा– चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्।
स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन्। स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो।
तिव्रगतिमा आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन्।
घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।