न्यू जर्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम आगामी जुलार्इमा घोषणा गर्ने भएका छन्।
जुलार्इको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उनले शुक्रबार जानकारी दिएका छन्।
‘मैले पाँच जना उम्मेदवारमध्येबाट छानेर नियुक्त गर्ने हो, म सबैलाई मन पराउछु, तर सबैलाई नियुक्त गर्न सम्भव छैन।,’ उनले भने।
अहिलेका न्यायाधिश एन्टोनी क्यान्डीले यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।