जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुनेगरी प्रादेशिक भाषिक नीति ल्याउने बताएका छन्।
भाषा आयोगद्वारा आयोजित संगोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्नेगरी नीति ल्याउने बताएका हुन्।
भाषा अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबैले सबै भाषाको सम्मान गर्नुपर्ने बताए। प्रदेशका अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न समेत उनले आग्रह गरे।
'मातृभाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौं। मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ', उनले भने।
भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा भरत झा, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।