बनियानी, झापा- नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी हुने बताएका छन्।
प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कम्युनिस्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको बताए।
नेता भट्टराईले दुई ठूला कम्युनिस्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिस्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने उनको भनाइ छ। समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले साना दललाई मिल्नुको विकल्प नरहेको उनले बताए।
नेता भट्टराईले चुनावसँगै ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य भएको उल्लेख गर्दै यो अवस्था अब एक शताब्दीसम्म रहने बताए।
सरकारले ल्याएको बजेट विकासमुखी भएको बताउँदै उनले सरकारले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको रु एक लाख सम्मको बिमा गर्ने योजना ल्याएको भनाइ राखे।
सरकार पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, आर्थिक वृद्धि दर दुई अंकमा पुर्याउने गृहकार्यमा लागेको चर्चा गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भारत र चीनसँग समान सम्बन्ध राख्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।