काठमाडौं– असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'वीराङ्गना'मा अनुपविक्रम शाही र शिल्पा पोखरेल मुख्य भूमिकामा छन्। फिल्ममा उनीहरु सशस्त्र प्रहरीका रुपमा देखिँदै छन्।
फिल्म प्रदर्शनमा आउन लाग्दा फिल्मभित्रका केही तस्बिर सार्वजनिक भएका छन्। तस्बिरहरुमा अनुप र शिल्पा दुलहा-दुलहीका रुपमा देखिएका छन्।
मुख्य कलाकार अनुपले फिल्मको प्रचारमा समय दिन नसकेपछि केही हदसम्म फिल्मको प्रमोसन हुने अपेक्षाले तस्बिर सार्वजनिक गरेको निर्माण युनिटले जनाएको छ।
महिला सशस्त्र प्रहरीको वीरतामा आधारित 'वीराङ्गना' लभस्टोरी एक्शन विधामा निर्माण गरिएको छ।
फिल्ममा अनुप र शिल्पाका साथै पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल, धीरेन शाक्य लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।