काठमाडौं– कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ। रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो।
भारत सरकारको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रेक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ। आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर हुनेने उनले बताए।
तत्काल बिनायात्रु रेल सञ्चालन हुने र केही दिनभित्रै नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि यात्रुलाई सेवा दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।