एजेन्सी– बलिउड फिल्म 'सञ्जु' शुक्रबारबाट प्रदर्शनमा आएको छ। तर प्रदर्शनसँगै फिल्म इन्टरनेटमा पनि लिक भएको छ।
सञ्जु टिमले फिल्म रेस ३ सँग व्यापाररिक प्रतिस्पर्धा गर्न सक्ने अड्कले गरिरहेको बेला फिल्म इन्टरनेटमा लिक भएपछि भने निर्माण युनिट तनावमा छन्।
सञ्जु इन्टरनेटमा हाइक्वालिटीमै लिक भएको छ। जसले गर्दा व्यापारमा भारी गिरावट आउन सक्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।
फिल्म सार्वजनिक हुनुअघि भारतीय सेन्सर बोर्डले सञ्जुको एक ट्वाइलेट सिनको फुटेजलाई हटाएर युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो। तर भारतीय सञ्चारमाध्यमका अनुसार लिक भएको फिल्ममा भने उक्त सेन्सर गरिएको फुटेजसमेत रहेको छ।
फिल्म के कसरी लिक भयो भन्नेबारे खुलिसकेको छैन। फिल्म अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित छ। सञ्जयको भूमिकामा रणवीर कपुर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।