दोलखा- दोलखाको बैत्यश्वर गाउँपालिका ४ खाँवा डाँडामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। घटनामा ३ जना घाइते भएका छन्।
धानको भुस बोकेको बा १३ च ६१९६ नम्बरको जिप बिहान पौने ४ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक दोलखा जिरी नगरपालिका ९ ठूलो पातलका २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो।
घाइते तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।