अल हमिदिया- लिबियाको सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी निधन भएका कम्तीमा तीन जनाको शव भेटिएको छ। आप्रवासीहरू सवार डुङ्गा शुक्रबार दुर्घटनामा परेको र अन्य एक सय जना बेपत्ता भएको उद्धार कार्यमा खटिएकाहरूले बताएका छन्।
डुङ्गामा झन्डै १२० जना यात्रु रहेको र १६ जनालाई मात्रै उद्धार गरिएको बताइएको छ। बेपत्ता भएकामध्ये दुई शिशु र तीन बालबालिका १२ वर्षमुनिका रहेका छन्।
राजधानी त्रिपोलीदेखि पूर्वतर्फ पर्ने गाराबौलिबाट गन्तव्यतर्फ प्रस्थान गरेको केहीबेरमै डुङ्गा दुर्घटना भएको थियो। अकस्मात् आगलागी भएपछि दुर्घटना भएको बताइएको छ।
डुंगामा मोरोक्को र यमनका नागरिकहरू सवार रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।