काठमाडौं– असार १५ राष्ट्रिय धान दिवसका अवसरमा चाबहिल–साँखु सडक– खण्डको जोरपाटीमा शुक्रबार साहित्यकारहरुले सडकमै कविताबाचन र धान रोप्ने काम गरेका छन्।
अभिनव साहित्य 8को अगुवाईमा हिले सडकमा व्यंगात्मक कविता बाचन गर्दै सडकमा नै धान रोपाई गरेका हुन्।
बौद्ध–जोरपाटी क्षेत्रको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयले दुख पाइरहेको भन्दै उनीहरुले सरकारको ध्यान तान्न यस्तो कार्यक्रम गरिएको बताएका छन्। अभिनव साहित्य 8का अध्यक्ष वेदमणि घिमिरेले वर्षौदेखि जनतालाई हिलो र धुलोको सास्ती दिएकाले सडकमा नै धान रोपेर कविता सुनाई विरोध गरिएको बताए।
हेर्नुहोस् भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।