काठमाडौं– प्रतिनिधिसभाले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धि विधेयक, २०७५ पारित गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पेश गरेको उक्त विधेयक बहुमतले पारित भएको हो।
विधेयकमाथि संशोधन दर्ता गराएका सांसदद्धय प्रेम सुवाल र संजयकुमार गौतम भने विधेयकको विपक्षमा उभिएका थिए। विधेयकको दफावार छलफलमा भाग लिँदै सांसद सुवालले राजनीतिक नियुक्तिको आधारमा संघीय संसदको महासचिव र सचिव नियुक्त गर्ने प्रावधान हटाउन माग गरे।
अर्का संशोधनकर्ता सांसद गौतमले संघीय संसदको महासचिव र सचिव संसदीय परम्परा अनुसार नै नियुक्ति गर्ने प्रावधान राख्न माग गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।