काठमाडौं– कान्तिपुर दैनिकमा कार्यरत पत्रकार यादव थपलियाको निधन भएको छ। थपलियाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा शुक्रबार दिउँसो निधन भएको हो।
भाइरल संक्रमणका कारण बिरामी भएका थपलिया बुधबार साँझ अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएलगत्तै उनको अवस्था गम्भिर भएपछि आइसियुमा लगिएको थियो। उनको आइसियुमा नै उपचारका क्रममा शुक्रबार निधन भएको हो।
अस्पतालले भाइरल संक्रमणका कारण मृत्यु भएको शुक्रबार दिउसो २ बजे घोषणा गरेको थियो। थपलियाको शुक्रबार नै पशुपतिमा विधुतिय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।
काभ्रे कोशीदेखा स्थायी घर भएका थपिलियाका दुई छोरी र श्रीमति छन्। कान्तिपुर दैनिक अघि थपिलियाले नागरिक दैनिक र नयाँ पत्रिका दैनिकमा समेत काम गरेका थिए। उनले केही साहित्यिक पुस्तक समेत लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।