काठमाडौं – फिल्म ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ। श्रावण ११ गतेबाट सार्वजनीक हुने तयारीमा रहेको फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक भएको हो।
म्युजिकल थ्रिलर कथावस्तुमा तयार भएको फिल्मको ट्रेलरमा अलिशा शर्मा र सुनिल क्षेत्रीबीचको प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ। तर ट्रेलरमा कलाकारहरुको सम्बन्धका बारेमा केही खुलाइएको छैन।
फिल्म सार्वजनिक हुनअगाडी दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रष्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले सञ्चार माध्यमलाई जानकारी गराए। ‘सस्पेन्स थ्रिलरमा नयाँ स्वादको चलचित्र बनाएका छौँ र ट्रेलरमा जे–जति दृश्य प्रस्तुत गरेका छौँ, त्यसले फिल्मको पुरा कथा वस्तुलाइ प्रष्ट पारेको छ।’, निर्देशक श्रेष्ठले बताए।
सुनिल र अलिशाको डेब्यू अभिनय रहेको यस फिल्मलाई निर्देशक श्रेष्ठले नै लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।