काठमाडौं- पशुपति क्षेत्र विकास कोष र सनराइज बैंकबीच पर्यटन काउन्टर सञ्चालनसम्बन्धी आज सम्झौता भएको छ।
विभिन्न मुलुकबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई लक्षित गरी चार ठाउँमा टिकट काउन्टर सञ्चालन गरिनेछ। तिलगंगा, वत्सलेश्वरी, महास्नान घरअगाडि र गुहेश्वरीमा अवस्थित पर्यटक काउन्टरमा टिकट काटेर मात्र पर्यटक पशुपति क्षेत्रभित्र प्रवेश गर्न पाउनेछन्। यो व्यवस्था विदेशी पर्यटकहरुका लागि लागू हुनेछ।
आज भएको सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा प्रदीप ढकालले हस्ताक्षर गरे।
पहिले कोषका कर्मचारीहरुले नै सोही चार काउन्टरबाट शुल्क लिँदै आएका थिए। कोषलाई व्यवस्थित र पारदर्शी बनाउन बैंकिङ प्रणालीबाटै थप सेवा प्रवाह गरिएको कोषका सदस्य सचिव ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।