काठमाडौं–वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। चितवन घर भइ मण्डिखाटार बस्ने पूर्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट एक सय ग्रामका दुई वटा सुनका सिक्रि र ४ वटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।
चाबहिलको ओम डेन्टल अस्पताल अगाडि तस्करीका सामान संकलन गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
नेपालमा भन्दा दुबईमा सुन तथा ल्यापटप सस्तो पाइने भएकाले विदेशबाट फर्कने कामदारलाई प्रयोग गरी सुन तस्करी हुने गरेको छ। हाल सरकारले एक सय ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्ने प्रावधान लागु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।