काठमाडौं – श्रावण २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कँही कतै’को नयाँ गीत ‘यो मौसम’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा थुप्देन भुटिया र मेलिना राईको स्वर, सचिन सिंहको संगीत तथा मनोजराजको शब्द रहेको छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका अभिनेता किशोर खतिवडा र अभिनेत्री तथा निमात्री उमा गिरी ‘बेबी’को अभिनय रहेको छ। कमल राईको कोरियोग्राफ्री रहेको फिल्मको गीतमा भारतको सिक्किम वरपरका दृष्यहरु समावेस गरिएको छ।
फिल्ममा खतिवडा तथा बेबीसँगै दिलीप रायमाझी, शिवानी गिरी र सोनम बरफुङ्गपा लगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।